भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना: दुई जनाको मृत्यु, १५ बढी घाइते

वेलकम खबर
अशोज २१, २०८१

सिन्धुली : काठमाडौंबाट भोजपुरतर्फ हिँडेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १५ जनाभन्दा बढी घाइते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५, महेन्द्रझ्याडी भल्खडामा बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।

दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको उक्त गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले जानकारी दिए। दुर्घटना स्थलमा प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।

दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धार गरेर मरिण गाउँपालिका-६ कपिलाकोट र सिन्धुली अस्पताल तर्फ ल्याइँदै गरिएको छ। केही घाइतेको हरिहरपुरगढी-४ को महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा उपचार भइरहेको अध्यक्ष वाइबाको भनाई रहेको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।    अन्नपुर्णपोष्टबाट साभार गरिएको 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*