दक्षिणकालीमा श्रीमतीको हत्या, भक्तपुरबाट समातिए श्रीमान
काठमाडौं । काठमाडौंको दक्षिणकालीमा एक महिलाको हत्या भएको छ । उनको असोज १९ गते हत्या भएको हो । नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भई दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पा आफ्नै डेरा कोठामा मृत्यु भएको अवस्थामा भेटिएकी थिइन् ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्या आरोपमा श्रीमान जितबहादुर भन्ने काले तामाङलाई भक्तपुरको छालिङबाट पक्राउ गरेको छ । उनले श्रीमती डोल्मालाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ ।
उक्त घटनापछि जितबहादुर उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएको र पछिल्लोपल्ट छालिङमा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ६० वर्षीय जितबहादुरलाई छालिङबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।


















