गृहमन्त्री लेखकले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

वेलकम खबर
अशोज २१, २०८१

काभ्रे।गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

उनले पनौती नगरपालिका वडा न.१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

काभ्रेको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्‍याएको थियो।

मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिए। गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर नै बिपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्‍याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*