हेवाखोलामा ह्युम पाइप राखिँदै, भोलि बिहानसम्ममा सवारी साधन चल्न सक्ने

आनन्द गौतम
अशोज २०, २०८१

ताप्लेजुङ ।असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आइतबार बेलुकादेखि सोमबार बिहानसम्म चारपांग्रे सवारी चल्ने बनाइने भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला र सडक डिभिजन कार्यालय इलामका प्रमुख (डीई) पवन भट्टराईले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘हामी अहिले हेवाखोलामा केन्द्रित भएका छौं,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले आइतबार बिहान भने,’ ‘ह्युम पाइप राखेर भरे ९आइतबार० बेलुका सम्ममा यातायात चल्ने बनाउँछौं, यदि त्यो सम्भव भएन भने भोलि (सोमबार) बिहानसम्ममा साना सवारी चल्छ ।’
सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले पनि आजै बेलुकाबाट सवारी साधन चल्न सक्ने बताए ।‘हामिले १२ वटा ह्युम पाइप हेवाखोलामा झारिसकेका छौँ, आज राख्छौं,’ भट्टराईले थपे, ‘कथं पानीले बगाएन, सहज ढंगले राख्न सकियो भने आज बेलुकाबाट यातायात चल्छ ।’
तत्कालका लागि साना सवारी मात्रै चल्ने उनको भनाइ छ । हेवाखोलावारि हिलिहाङतर्फको सडक बनाउनुपर्ने भएकाले मालवाहक ठूला सवारी साधन भने तत्काल चलाउन नसकिने भएको छ । यसका लागि सडक मर्मतको काम पनि थालिहाल्ने डिभिजन प्रमुख भट्टराई बताउँछन् ।
तमोर करिडोरअन्तर्गतको माझीटार–गणेशचोक सडकखण्ड बन्न भने चाररपाँच दिन लाग्ने प्रमुख जिल्ला अधिकारी कोइराला बताउँछन् । ‘त्यो सडकमा तीन ठाउँमा डाइभर्सन गर्नुपर्छ, त्यसैले समय लाग्छ,’ कोइरालाले भने, ‘तर, चाररपाँच दिनमा चाहिँ ठूला मालवाहक सवारी चल्नेगरिको हुन्छ ।’
सडक अवरुद्ध हुँदा ताप्लेजुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ भने पोल्ट्री व्यवसायीहरूले चारो ल्याउन सकेका छैनन् । सडक खुलाएर सामान आयात निर्यातलाई सहज बनाउने र बजार अनुगमनलाई तीव्रता दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*