पत्रकार महासंघको निर्वाचन मंसीर २८ गते तोकियो

वेलकम खबर
अशोज २०, २०८१

भक्तपुर । नेपाल पत्रकार महासंघको निर्वाचन मंसीर २८ गते हुने तय भएको छ । भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा आज भएको प्रदेश र जिल्ला अध्यक्षहरुको भेलाले बिधानले दिएको अन्तिम अधिकार प्रयाग गर्दै मंसीर २८ गतेका लागि निर्वाचन मिति तोकेको हो ।

नेपाल पत्रकार महासंघकी कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा बसेको अध्यक्षहरुको भेलाले सदस्यता सम्बन्धी बिवादको बिषयमा पनि ठोश निर्णय गरेको छ ।

सरोकारवाला पक्षसँगको परामर्श र सल्लाहकारलाई नवोलाई गरिएको एक पक्षीय निर्णयको कारण उत्पन्न बिवादको हकमा केन्द्र, प्रदेश र जिल्ला अध्यक्षले सरोकारवाला पक्ष र सल्लाहकारसँग छलफल गरेर सुद्धिकरण मापदण्डअनुसार टुंगो लगाउने निर्णय गरेको बैठकमा सहभागी अध्यक्षहरुले जनाएका छन ।

भेलामा केन्द्रीय समितिको तर्फबाट पूर्वअध्यक्ष डा. सुरेश आचार्यले मंसीर ७ गतेका लागि निर्वाचन मिति प्रस्तुत गर्नुभएको थियो भने अध्यक्षहरुले पर सार्नुपर्ने बताएका थिए । दुवै पक्षको सहमति मंसिर २८ गतेनिर्वाचन गर्नेमा जुटेको हो ।

यस्तै भेलाले निर्वाचन समितिको बिषयमा पनि समयसीमा तोकेर गठनका लागि म्याण्डेट दिएको छ । सोसमयमा समिति नबनाएमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृत तोकेर चुनाव गराउने निर्णय भएको छ ।

यस्तो छ ४ बुंदे निर्णय
१। शाखाको कार्य समितिले निर्णय गरि सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरि पास गरेका सदस्यता कायम गर्ने । (जिल्लाले पठाएको तर प्रदेशले हटाएको नामहरुमा जिल्लालाई नै कायम गर्न
२। विवाद भएका शाखाहकमा केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने ।
३। सदस्यता सम्बन्धि सबै विवाद कार्तिक मसान्तसम्म टुङ्गो लगाईसक्ने ।
४। मंसिर २८ गते महासंघका सबै संरचनाको निर्वाचन गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*