वेलकमखबरको समाचारको प्रभाव वडा अध्यक्षले दिए राजीनामा (राजीनामा पत्र सहित )
ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघा गाँउपालिका वडा ३ का वडा अध्यक्षले राजीनामा दिएका छन ।
वेलकमखबरमा गत भदौ २३ गते एक वर्ष अघि वैदेशिक रोजगारीमा गएका वडा अध्यक्ष हालसम्म फिरेनन भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि वडा अध्यक्षले राजीनामा दिएका हुन ।
सिरिजंघा गाँउपालिका अध्यक्षलाई सम्बोधन गरेर वडा अध्यक्ष दिलप्रसाद बोखिमले आफनो अस्वस्थ्यताका र घरायसीका कारण केही दिनमै फर्कन्छु भनेर विदेश हिडेको तर तत्काल फिर्न सक्ने अवस्था नरहेको उल्लेख गदै असोज १८ गते देखि लागु हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
राजीनामा पत्रमा वडा अध्यक्षले भनेका छन मेरा घरायसी र ब्यवहारी कारणले पुरा अवधि जनताको सेवा गर्न पुरा अवधि जनताको सेवा गर्न नपाएकोमा दुख ब्यक्त गर्दै राजीनामा स्वीकृत गर्दै नियम अनुसार कार्वाही अगाडी बढाउनका लागि मञ्जुरी प्रदान गरेको उल्लेख गरेको छ । बोधार्थ भने जिल्ला निर्वाचन कार्यालय समेत दिएको छ ।




















