भारी बर्षाको सम्भावना छ, सतर्कता अपनाउनूः प्राधिकरण

वेलकम खबर
अशोज १६, २०८१

काठमाडौं ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार सूचना प्रकाशित गर्दै प्राधिकरणले बागमती र कोशी प्रदेशका धेरै स्थानमा भारी बर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलाम एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै छ ।’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइले भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरे। प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउँदै ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सबैमा अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*