ताप्लेजुङ नेवार समाजको क्यान्सर पीडितलाई गरे एक लाख भन्दा बढी सहयोग

वेलकम खबर
अशोज १६, २०८१

काठमाडौ । ताप्लेजुङ सिरिजंघा गाँउपालिका वडा ८ का एक क्यान्सर पीडितलाई ताप्लेजुङ नेवार समाज काठमाडौले एक लाख भन्दा बढी नगद सहयोग गरेको छ ।
सिरिजंघा गाँउपालिका तेल्लोक ८ जन्मभई हाल किर्तिपुर गाम्चा बस्दै आउनु भएको क्यान्सर पीडित कुमार खाकीलाईलाई ताप्लेजुङ नेवार समाजले एक लाख ३ हजार २० नगद उपलब्ध गराएको ताप्लेजुङ नेवार समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

विगत केही बर्ष आन्द्रामा क्यान्सर भएर उपचार गराई रहुन भएको खाकीले आर्थिक सहयोगको लागि समाजलाई अनुरोध गरेपछि ताप्लेजुङ नेवार समाजले सदस्यहरुबाट संकलन गरेर सो रकम आज खाकीको घरमै समाजका पदाधिकारी गएर  हस्तान्तरण गरेका नेवार समाजका कोषाध्यक्ष मञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
खाकीले नेवार समाज सहयोगी मनप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।यस अघि ताप्लेजुङ सरोकार केन्द्रले पनि खाकीलाई नगद २० हजार सहयोग गरेको थियो । खाकी बीर अस्पतालमा किमो लगाई रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*