काठमाडौं उपत्यकामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता
वेलकम खबर
अशोज १२, २०८१
काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।
घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।


















