हेवाखोला माथिको बेली ब्रिज बगायो
ताप्लेजुङ । मेचीरामार्ग अन्तरगत ताप्लेजुङ पाँचथर खण्डको हेवाखोला माथिको बेली ब्रिज बाढीले बगाएको छ ।
पाँचथरको फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज हेवा खोलामा आएको बाढिले बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारी दिए ।
बाढिले हिलिहाङ तर्फको पिल्लर बगाएको बताईएको छ । गत असारमा आएको बाढिले हेवाखोलाको पक्कि पुल बगाए पछि सोहि स्थानमा अस्थाई ब्रिज बनाईएको थियो । ब्रिज बगाए पछि पाँचथरको हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फको यातायात पुर्णरूपमा बन्द भएको छ ।