पाथीभरा केबलकारमा शतप्रतिशत स्थानीयलाई रोजगारी दिन्छौँ : चन्द्र ढकाल (भिडियो सहित)

काम थालेको १५ महिनमा सक्ने भनाई
वेलकम खबर
अशोज ११, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङम पाथीभरा केवलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताउनुभएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले शत प्रतिशत दिने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानीको लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्र स्वदेशमा लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताउनु भयो ।

उहाँले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राख्नुभयो । उहाँले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताउनु भयो । उहाँले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताउनु भयो । उहाँले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताउनु भयो ।

उहाँले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको भन्दै रुखहरु काट्ने प्रक्रिया सकिएको बताउनु भयो । उहाँले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताउनु भयो ।
उहाँले पाथीभरा केबकार बनाउने आयोजना आइएमई ग्रुप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा,ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनु भयो । उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुप¥यो । केबलकारले अगाडि नै विभिन्न ठाउँमा स्थानीय बालबालिका,वृद्धाहरुलाई दिने सुविधाको विषयमा तयारी छ । हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा छौं । पाथीभरा केवलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको छ ।
रुखहरु खाट्ने प्रक्रिया सकिएको छ । केवकार निर्माण गर्ने काम सुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने गर्ने तयारी छ । पाथीभरा केवकार बनाउने आयोजना आइएमई गु्रप र चन्द्रप्रसाद ढकालको मात्रै नभएर पाथीभरा,ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएको हुनाले त्यही अनुसार ताप्लेजुङको सहयोगको अपेक्षा छ । पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना,व्यवसायी गतिविधि र राजश्व वृद्धि हुन्छ भन्ने उदेश्यले पाथीभरा केवलकार बनाउन शुरुवात गरेका छौँ । यो आयोजना ताप्लेजुङको मात्रै होइन । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्रप्रसाद ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो । फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्नु खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’

उहाँले यो आयोजना ताप्लेजुङको मात्रै नभएर समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*