उपत्यकासहित देशभर भीषण वर्षा, जनजीवन अस्तव्‍यस्त

वेलकम खबर
अशोज ११, २०८१

काठमाडौं : उपत्यकासहित देशभर भइरहेको वर्षाले जनजीवन अस्तव्‍यस्त बनेको छ। गए रातिदेखि मनसुनी वायुको प्रभाव र भारतको उत्तर मध्य महाराष्ट्र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। पछिल्लो २४ घण्टामा झापाको केचनामा १७७.२ मिलिमिटर, गौरादहमा १५५.४, सप्तरीको बरमझियामा १६७.२, उदयपुरको सुन्दरपुरमा १४५.६, इलामको मैनाचुलीमा १३४.८ र सप्तरीको रुपनी बजारमा १३२.२ मिलिमिटर वर्षा भएको छ।

सुदूरपश्चिको कैलाली अत्तरियामा १०२ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाले २० जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ। मधेश प्रदेशका सबै जिल्लासहित उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्लामा जोखिम छ।

यस्तै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*