ताप्लेजुङ हाङपाङमा एक घर जल्दा पाँच लाख क्षति
मदन गौतम
अशोज ७, २०८१
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा आईतबार बेलुकी एक घरमा आगलागी हुदा ५ लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र स्तले छाएको एकतले घर आगलागी भएको हो ।आगलागीमा घर भित्र रहेको अन्न,लत्ताकपडा भाडावतन जलेर नष्ट भएकोछ । घरका बच्चाहरू मात्र रहेको समयमा आगलागी भएको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार आगलागीको कारण खुल्न नसकेको र आगलागीबाट मानवीय र चौपाया क्षति नभएको बताएको छ।



















