रवि लामिछाने आज पक्राउ नपर्ने, भाग्ने तयारीमा थिए छविलाल जोशी

वेलकम खबर
अशोज ६, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरू हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

रविलाई चाँडै पक्राउ गर्ने तयारी भने रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिने स्रोतले बताएको छ । गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो । प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि मात्रै सहकारी छानबिन समितिले कारबाही गर्न भनेका व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको भए पनि छविलाल जोशी भने भाग्न लागेको सूचना पाएपछि तत्काल पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

‘छविलाल जोशीलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि मात्रै पक्राउ गर्ने भन्ने तयारी थियो । तर उनी भाग्न लागेको सूचनापछि तत्काल पक्राउ गर्नु परेको हो । उनीहरूमाथि केही दिनअघिबाटै निगरानी बढाइएको थियो’, प्रहरी स्रोत भन्छ, ‘अब अदालतबाट अनुमति लिइसकेपछि अरू पनि पक्राउ पर्छन् ।’

पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ । ‘उनी पूर्व गृहमन्त्री मात्रै होइनन्, बहालवाला सांसद पनि हुन् । भागेर जाने सम्भावना छैन । उनलाई पक्राउ गर्न हतारिनु पर्ने अवस्था छैन । यहि परिस्थितिमा अदालतको पक्राउ पूर्जी नआई लामिछाने पक्राउ पर्दैनन् । बीचमै परिस्थिति बदलिए त प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर जुनसुकै बेला पक्राउ गर्न सक्छ’, प्रहरीको उच्च स्रोत भन्छ ।-nayapage

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*