पाँचथरका बिशाल राई बने अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट

मदन गौतम
अशोज ५, २०८१

ताप्लेजुङ।  ताप्लेजुङमा आयोजना गरिएको अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट धावक बनि उपाधि पाँचथरका बिशाल राईले जितेकाछन । फुङलिङ बजारबाट सुरु भई ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी निधारीत ४८ किलोमिटर दुरी ४ घण्टा १६ मिनेटमा पार गरेका थिए ।  उनले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेका छन ।

राई ४ हजार ४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि हुन । अन्तिम घडीमा बझाङका करण रावललाई जितेर राई सर्बोत्कृष्ट बनेका हुन । रावल समग्रमा दोस्रो तथा पुरुषतर्फ पहिलो भएका छन । रावलले ४ घण्टा १७ मिनेटमा निधारित दुरी पार गरि नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । ताप्लेजुङका रमेश लिम्बू समग्रमा तेस्रो तथा पुरुषतर्फ दोस्रो भएका छन । उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त पाउनेछन । यस्तै सोलुखुम्बुका अर्जुन कुलुङ राई पुरुषतर्फ तेस्रो हुनु भएको छ । उहाँले नगद २० हजार रुपैयाँ प्राप्त गर्नहुने छ ।

महिला तर्फको कुमारी गुरुङ अग्र स्थानमा दौडी रहनु भए पनि अन्तिम बिन्दु सम्म आइपुग्नु भएको छैन । हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क,जिल्ला समन्वय समिति,फुङलिङ नगरपालिका,पाथीभरा क्षेत्र विकास समिति सहितका निकायसंग मिलेर रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता आयोजना गरेको हो । विश्व रेडपाण्डा संरक्षण दिवस९२१ सेक्टेम्बर०को अवसर पारेर आयोजित म्याराथनमा एक विदेशी सहित ५१ जना सहभागी रहेको हिमाली संरक्षण मञ्चले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*