पत्रकार महासंघ निर्वाचन अन्योल फेरि दिए कार्यवहाक अध्यक्ष पनि राजीनामा (राजीनामा पत्र सहित )

वेलकम खबर
अशोज ४, २०८१

काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजिनामा दिनुभएको छ । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजिनामा दिनुभएको हो ।

यसअघि निवर्तमान अध्यक्ष विपुल पोखरेलले पनि गत भदौ २४ गते निर्वाचनको मुखमै पदबाट राजिनामा दिएका छन । महासंघको निर्वाचन समितिले प्रकाशन गरेको पछिल्लो कार्यतालिका अनुसार आज शुक्रबारदेखि मनोनयन दर्ता गर्नुपर्ने थियो । तर सदस्यता विवाद समाधान हुन नसकेपछि कार्यबाहक अध्यक्ष विष्टले पनि आज राजिनामा पेश गरेका हुन ।

राजीनामा पत्रमा कार्यबाहक विष्टले लेखेका छन , “विधानअनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएका छन् ।”

“२०८१ असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं कार्यबाहक अध्यक्षबाट राजीनामा दिएको छु” राजीनामा पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*