सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत रविको नाम किटान

वेलकम खबर
भदौ ३१, २०८१

काठमाडौं।  सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

समिति सदस्यहरू सत्ता पक्षबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र बडू, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्रीले हस्ताक्षर गरेका छन् । थापा समिति सभापति हुन् ।

यस्तै प्रतिपक्षबाट माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानले पनि हस्ताक्षर गरेका छन् ।प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरेर रास्वपा सांसद खनालले हस्ताक्षर गरेको समिति सदस्यका सदस्यहरूले बताए ।

सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन आजै बसिरहेको संसद् बैठकमा पेस गर्दै छ । रविले गोरखा मिडियाबाट लिएको १५ प्रतिशत शेयरलाई गैरकानूनी भएको, हस्ताक्षर र ल्याप्चे पनि उनकै हुनसक्ने प्रतिवेदनमा उल्लेख भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु