४० सहसचिवको सरुवा, काठमाडौंका प्रशासकीय अधिृकतमा गुरागाई (सूचीसहित)
वेलकम खबर
भदौ ३०, २०८१

काठमाडौं । सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको पनि सरुवा गरेको छ । परियार काठमाडौं महानगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईं सरुवा भएका छन् ।