पाथीभरामा केवलकार निर्माणको काम ताप्लेजुङकै दुई कम्पनीले गर्ने

वेलकम खबर
भदौ २९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको काम हिमालय कन्स्ट्रक्सन र सेवालुङ निर्माण कम्पनीले गर्ने भएको छ । ताप्लेजुङकै इन्द्र केदेमले नेतृत्व गरेको हिमालय कन्स्ट्रक्सन र जितेन चेम्जोङ लिम्बूले नेतृत्व गरेको सेवालुङ निर्माण कम्पनीबीच केबलकार निर्माणका लागि साझेदारी हुने भएको हो ।
पाथीभरा मुक्कुमलुङ० केबलकार निर्माण कम्पनीसँग हिमालय कन्ट्रक्सनका प्रोपाइटर केदेमले यसअघिनै लिखित सहमति गरेका थिए । स्रोतका अनुसार विहीवार बेलुका सेवालुङका चेम्जोङसँग निर्माण साझेदारीको विषयमा छलफल भएको थियो । ‘काम धेरै छ, के के काम गर्ने भनेर चाहिँ टुङ्ग्याउन बाँकी छ, हामीले मिलेर काम गर्ने हो हिमालय कन्स्ट्रक्सन का प्रोपाईटर केदेमले भने, ‘हामी जिल्लाका धेरैजसोले रोजगारी पाउनेगरी वातावरण सृजना गरेर काम गर्ने गराउने वातावरण बनाउँछौं ।’

हिमालय कन्ट्रक्सनले केबलकार कम्पनीसँग ७४ करोडको कामको सम्झौता गरेको स्रोतले बताएको छ ।
यो लट्ठा, डिब्बा बाहेकको काम हो । यो काम सकिएपछि काफ्लेपार्टीमा बन्ने अन्य संरचनाको विषयमा कम्पनीले पुन सम्झौता गर्ने जनाइएको छ । दुई कम्पनिबिच समझदारी भएको जितेनलेपनि बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*