कोशीमा भूपेन्द्र राईको नेतृत्वमा सरकारमा जाँदै कांग्रेस, आजै शपथ

शेखर कोइराला पक्षले अझै दिएन मन्त्रीको नाम
वेलकम खबर
भदौ २८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आजबाट सहभागी हुने भएको छ।

शुक्रबार बिहान नौ बजे कांग्रेसका मन्त्रीहरुले सपथ लिने भएका छन्।कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले गर्ने भएका छन्।
कृष्णप्रसाद सिटौला समूहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने कांग्रेस नेताहरुले जानकारी दिएका छन्।
सांसदहरु खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन।त्यसैगरी कांग्रेसका तर्फबाट भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएको संसदीय दलको नेता उद्धव थापाले जानकारी दिए।
कोशीमा शेखर कोइराला पक्षले अहिलेसम्म नाम नदिएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्। कोइराला पक्षले कम्तीमा दुइटा मन्त्रालय चाहिने भन्दै अहिलेसम्म नाम नदिएको नेताहरुले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*