कोशीका पूर्वमुख्यमन्त्र कार्कीले तोडे अनसन

वेलकम खबर
भदौ २६, २०८१

विराटनगर।कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनसन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडेका हुन् ।

सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, ‘कार्कीले उठाएका माग पुरा गर्न सरकार सकारात्मक छ ।’

पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनसन तोडेको बताए ।

जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।‌

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*