तिम्बुङ पोखरी ट्रेल रन बने बिशाल राई

वेलकम खबर
भदौ २६, २०८१

ताप्लेजुङ । आज सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४ का विशाल राई प्रथम हुनुभएको छ । यस्तै पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका १ का भरत बानियाँ तेस्रो हुनुभएको छ । तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित तिम्बुङ पोखरी ट्रेल रनमा तीन जना महिला समेत सहभागी हुनुभएको थियो ।

लौ युवा कदम चाल, हेर्नलाई पदमचाल भन्ने नारा सहित तिम्बुङ पोखरी संरक्षण समितिद्वारा आयोजना भएको प्रतियोगितामा ३० जना सहभागी थिए । ४ हजार ३ सय ५० मीटर हाराहारीको उचाइमा पर्ने तिम्बुङ पोखरीबाट ७।८ किलोमीटरको दुरीमा पर्ने पाङ्दुवा सम्म दौड भएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमस ३०, २० र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिला सहभागी ३ जना मध्य निर्धारित दुरि सबै भन्दा पहिला पार गर्ने फाल्गुनन्द ५ पाँचथरकि निक्की नेम्बाङलाई समेत नगद १० हजार सहित सम्मन गरिएको छ ।

बिजेता तथा सहभागीहरुलाई सिदिङ्वा गाउँपालिका उपाध्यक्ष बन्दना कडरिया, जिल्ला खेलकुद बिकासका अध्यक्ष गणेश माबो, वडाअध्यक्ष गोपाल बानियाँ, आयोजक समितिका सल्लाहकार कैलाश राई लगायतले पुरस्कार बितरण गरिएको आयोजकका अमिर राइले जानकारी दिनुभयो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा पछिल्लो समय आन्तरिक पर्यटनको आगमन बढ्दै गएको पर्यटन व्यावसायी अमिर राइले बताउनुभयो । तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि यस क्षेत्रको प्रचारप्रसार सगै सबै तहका सरकारको सहयोग आवश्यक भएको यहाँका समाजसेवी कैलाश राइले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*