बन्दुकको कुन्डाले हानेर मध्यराति ७१ वर्षीया वृद्धाको हत्या

वेलकम खबर
भदौ २५, २०८१

रोल्पा । रोल्पामा एक ७१ वर्षीया वृद्धाको हत्या भएको छ । रोल्पा थवाङ गाउँपालिका–२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो । उनको हत्या आरोपमा स्थानीय ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

रोकाले बन्दुकको कुन्डाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । राति १२ बजेतिर वृद्धाको हत्या भएको भन्ने सूचनापछि पुगेको प्रहरीले आरोपिलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर पर पातिको झाडीमा फेला पारेको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*