एक वर्ष अघि वैदेशिक रोजगारीमा गएका  वडा अध्यक्ष हालसम्म फिरेनन

वेलकम खबर
भदौ २३, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा ३ का वडा अध्यक्ष करिब एक वर्ष अघि वैदेशिक रोजगारीमा गएपछि वडाका काम कारवाही प्रभावित बनेको छ ।
सिरिजंघा ३ का वडा अध्यक्ष दिलप्रसाद बोखिम २०८० साल कार्तिक २४ गते देखि वैदेशिक रोजगारीमा गएपछि  सिकैचा काम कारवाही प्रभावित बनेको स्थानीय बताएका छन । वडा अध्यक्षको अनुपस्थितिले कार्यवाहक अध्यक्षले गर्नुपर्दा विभिन्न समस्या उत्पन्न भई विकासका काम कारवाही समेत प्रभावित भएको जनाएका छ ।
स्थानीयहरु ७ जनाले  गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर वडा कार्यालय मार्फत् ज्ञापन पत्र बुझाउदै तत्काल सिकैचा वडा अध्यक्ष बोखिमलाई उपस्थित गराउन आग्रह गरी काम गर्न नसक्ने हो भने तुरुन्त राजीनामा गर्न माग गरेको छ ।
ज्ञापन पत्रमा स्थानीहरू छत्र काङभा्,शक्तिलाल पौडेल, अमित काङभा, मणिकुमार लिम्बु, निर्मलकुमार युवागु, छविलला निरौलाले पालिका अध्यक्ष चौहानलाई ज्ञापन पत्र बुझाउदै तुरुन्त व्यवस्था गर्न माग गर्दै ब्यवस्था नगरेमा आन्दोलन गर्ने चेतावनी समेत ज्ञापन पत्र मार्फत पालिकालाई दिएको  कावा अध्यक्ष  अम्बि सावादेनसँग कुरा गर्दा ज्ञापन पत्र बुझी लिएको उल्लेख गदै वडा अध्यक्षले कावाको जिम्मेवारी  दिएकोले सो पुरा गरेकोदाबी गरेका छन । 
उनले भनेका छन वडाको काम कार्यवाहीमा केही समस्या भएमा यो क्षेत्रमा यो काम प्रभावित भयो भनेर स्पष्ट रुपमा भनेमा समस्या समाधान गर्न तत्पर हुने  बताए । 

उता हङ्कङमा रहेका वडा अध्यक्ष दिल बोखिमलार्ई सामाजिक सञ्जाल मार्फत सम्पर्क  गर्न खोज्दा सम्पर्कसम्पर्क हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*