फुङ्लिङ नगरपालिकाले बन्द हडतालमा प्रतिबन्ध लगायो
मदन गौतम
भदौ २१, २०८१
ताप्लेजुङ । ताप्लेजुङ फुङ्लिङ नगरपालिकाले शुक्रबारदेखि लागू हुनेगरी नगर क्षेत्रभित्र तथा अन्य जिल्लाहरूबाट ताप्लेजुङ आउने यातायातका साधन एवं नगरपालिकाभित्र सञ्चालित शैक्षिक संस्थाहरू कुनै पनि राजनीतिक दल,संघसंस्था तथा समूहले अवरोध तथा बन्द गर्न नपाउने निर्णय गरेको छ ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनका स्वकिय सचिव अञ्चल गुरुङका अनुसार नगरकार्यपालिकाको ४५ औँ बैठकले उक्त निर्णय गरेको हो ।निर्णय कार्यान्वयनका लागि नगरपालिकाले सरकारवालाहरूलाई आग्रह पनि गरेको छ ।



















