सिरीजंघाले पाथीभरा केवलकार निर्माणमा अवरोध नगर्ने
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले पाथीभरामा केललकार बन्नु पर्ने धारणा सार्वजनिक गरेको छ । गाउँपालिकाले आज एक विज्ञप्ती प्रकाशित गर्दै पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केवलकार बनाउन आवश्यक सहयोग गर्ने उल्लेख गरेका छ ।
पालिका अध्यक्ष लालकृष्ण चौहानद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाथीभरा देवि दर्शनका लागि लाखौ लाख तिर्थयात्रीहरु जाने र धार्मिक पर्यंटन तथा आर्थिक प्रबद्र्धन भई रहेको बेलामा केवलकार निर्माण कार्यले थप प्रर्बद्धन हुने उल्लेख गर्दै विकास निर्माण कार्यमा गाउँपालिकाको कुनै रोकावट नहुने कुरा स्पस्ट पारेको छ ।
विज्ञप्तीमा भनिएको छ केवलकार निर्माण कार्यमा समन्वय सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै निर्माण सम्पन्न भएपछि वितरण हुने राजश्व वाडफाडमा पालिकाको हिस्सा नियमानुसार पालिकालाई उपलब्ध गराउन समेत सम्बन्धित निकाय सजग गराएको छ ।