संविधान दिवसमा छुट्दैछन् एक हजार बढी कैदीबन्दी (सूची)

वेलकम खबर
भदौ २०, २०८१

काठमाडौं । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वेजनिक गरेको छ। असोज ३ गते संविधान दिवस मनाइन्छ।विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो।

५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन भएको छ।
सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिसविरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन सूचनामा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*