भाईरल प्रकाशलाई पूर्वमुख्यमन्त्री राईको १ लाख सहयोग, टयाक्टर हल गोरु र जग्गाको पहल गर्ने प्रतिवद्धता

वेलकम खबर
भदौ १८, २०८१

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता लिएसँगै उनलाई सहयोग आउन थालेको छ ।

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) का उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो । यसैक्रममा कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाशलाई नगद १ लाख सहयोग गरेका छन् । राईले आज प्रकाशलाई भेटेर उनको योजना र माग पनि सुने । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्रतिवद्धता जनाएका छन् ।

‘अब गाउँमै बसेर बाबुआमाको रेखदेख गर्ने । खेतीका लागि आफ्नै जग्गा जमिन भए गरी खान सजिलो हुने उहाँको योजना सुनेँ । यसका लागि स्थानीयदेखि केन्द्र सरकार साथै सरोकारवालासमक्ष मैले पहल गर्नेछु । धेरै सहयोगी हातहरू आइरहनुभएको छ । उहाँको नाममा कसैले सहयोगको दुरुपयोग नगरोस् । स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणाली भयो भने उहाँलाई वास्तविक न्याय मिल्छ । प्रकाशको वास्तविक कथाले भावविह्वल बनायो । उहाँमात्र होइन भोजपुर र देशभर यस्ता अनेक प्रकाश छन् । उनीहरूको लागि हामीले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।

यसअघि भोजपुरका सांसद सुदन किराँतीले पनि माओवादीको तर्फबाट श्रमदान गरेर एउटा घर, एउटा शौचालय, केही लत्ता-कपडा र ६ महिना खाने (गाँस, बास र कपास ) मा सहयो गर्ने घोषणा गरेका थिए ।

नागरिकता बनाएर प्रधानमन्त्री केपी ओलीलाई भेट्न काठमाडौं आएका प्रकाश आज घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*