ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन हुने

मदन गौतम
भदौ १७, २०८१

ताप्लेजुङ । आगामी असोज ५गते (सेक्टेम्बर २१ तारेखका दिन) विश्व रेडपाण्डा दिवसको अवसरमा ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा हुने भएकोछ । जैविक विविधता संरक्षण , जीविकोपार्जन तथा रेडपाण्डा संरक्षण, रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृत्ति र पर्यटन प्रवद्र्धव गर्ने उदेश्यका साथ हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिकासगँ सहकार्य गरेरे म्याराथन आयेजना गर्न लागेको हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूले बताउनु भयो ताप्लेजुङ

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा र फुङलिङ नगरप्रमुख अमिर मादेनको उपस्थितिमा सोमवार मञ्चले पत्रकार सम्मेलन गरि प्रतियोगिता बारेमा जानकारी गराएको हो । मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूका अनुसार प्रतियोगिताका लागि फुङलिङ बजारबाट सुरु भई ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुग्ने र पुनःफुङलिङ बजार फर्कने गरी जम्मा ४८ किलोमिटर दुरी निर्धारण गरिएको छ । लिम्बुका अनुसार पुरुष तथा महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाईने छ ।

म्याराथनमा सबैभन्दा पहिला निर्धारीत दुरी पार गर्ने एकजना बिजेता हुने र विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने विजेता बाहेक पुरुष र महिलातर्फका प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसै गरि ताप्लेजुङ,पाँचथर र इलामका सहभागीमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः १५,१० र ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

हिमाली संरक्षण मञ्चले रेडपाण्डा म्याराथनमा सहभागी हुने बिदेशी धावकका लागि प्रति ब्यक्ति १ सय अमेरिकी डलर दर्ता शुल्क तोकेको छ । नेपाली धावकका लागि तीन हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएकोछ । ताप्लेजुङ,पाँचथर र इलाम जिल्लाका लागि प्रति ब्यक्ति १ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*