ताप्लेजुङ सरोकार केन्द्रको अध्यक्ष तामाङ, महासचिवमा राई निर्वाचित

वेलकम खबर
भदौ १७, २०८१

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको पाँचौ अधिवेशनले बलबहादुर तामाङलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको छ । आईतवार काठमाडौमा सम्पन्न अधिवेशनले तामाङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो  ।
त्यस्तै उपाध्यक्षहरुमा नन्दु वनेम,महेश गुरागाई, सन्तोष मादेन,पदमजंग आङबुहाङ,मिङमा डन्डु लामा, ज्ञानबहादुर इजम र अशोककुमार राई लाई निर्वाचित गरेको छ ।
महासचिवमा अशोकप्यासी राई उपमहासचिवहरुमा मोहन योञ्जन,प्रेम गुरागाई,महेन्द्र पालुङवा,जीवनकुमार राई,भक्ती भट्टराई,चुडामणी गिरी, जीवनकुमार बस्नेत र हरिशचन्द्र भट्टराई लाई निर्वाचित गरेको सरोकार केन्द्रले जनाएको छ । त्यस्तै सचिवहरुमा लाकमणी मेन्याङबो,प्रेमहाङ वनेम, निरोज लिवाङ,रुपा आङवुहाङ,धनजीत साँवा,सन्तोष बराल,दावा छिरिङ शेर्पा,दावा शम्भु शेर्पा, रमेश न्यौपाने,निर्मला इजम र देवीप्रसाद गिरी निर्वाचित भएका छन भने कोषाध्यक्षमा पुरानै लोजोक लामा निर्वाचित भएका हुन भने सहकोषाध्यक्षमा प्रकाशमणी गौतम निर्वाचित गरेका छ ।
त्यस्तै सदस्यहरुमा महिमा कडरीया, कविन्द्र शेर्मा,रोशनी लिम्बु,रेनुका यक्सो, संयोग बनेम, राजकुमार शेर्पा,श्री विपना आङबुहाङ, रुद्र साँवा रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*