तामाङ ताप्लेजुङ सरोकार केन्द्रको अध्यक्ष बन्दै महासचिवमा मादेन नै पक्का
ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौको १९ औं स्थापना दिवस तथा पाँचौं अधिवेशनमा आज हुदैछ । काठमाडौको बागबजार स्थित होटल हार्दिकमा अधिवेशन हुदैछ अध्यक्षका लागि केन्द्रका सिनियर उपाध्यक्ष बलबहादुर तामाङ हुने लगभग पक्का जस्तै भएको छ ।
भने उपाध्यक्षमा पुरानै अनुहार दोहोरिने बुझिएको छ भने महासचिवमा अहिलेकै महासचिव सन्तोष मादेन नै पुन दोहोरिने बुझिएको छ अन्य पदमा केही नयाँ अनुहार पनि पदाधिकारीमा आउने सरोकार केन्द्र जनाएको छ । २०
ताप्लेजुङ जिल्लामा परि आउने सुख दुखमा साथ दिन २०६२ सालमा सरोकार केन्द्रका स्थापना भएको हो हाल सम्म डाक्टर भरत प्रधान,बालकृष्ण श्रेष्ठ,चित्रगुप्त साँवा र टंक श्रेष्ठ अध्यक्ष बनिसक्नु भएको छ । सरोकार केन्द्रले स्थापना दिवस तथा अधिवेशनमा सवैलाई उपस्थितिको लागि निम्तो प्रदान गरि सकेको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशन भव्य र सफल बनाउनको लागि उपाध्यक्ष बलबहादुर तामाङको संयोजकत्वमा एक कार्यक्रम ब्यवस्थापन समिति समेत निर्माण गरेको सरोकार केन्द्रले जनाएको छ ।