कोशी सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्ने

वेलकम खबर
भदौ १४, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीलाई अगाडि वढाउन प्रदेश सरकारले आवश्यक सहयोग एवं प्रोत्साहन प्रदान गर्ने बताउनु भएको छ ।
मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिले तीजको अवसरमा विराटनगर–९ मा आयोजना गरेको तीन दिने ‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै उहाँले महिला उद्यामीहरुको वृद्धिका लागि आवश्यक नीति ल्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागिता गराएमा समाज र मुलुकको आर्थिक समृद्धि हुने छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नलाई नै गएको असारमा १४ जिल्लाका महिलालाई नगद सहित सम्मान गरेको स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा सम्मान गर्ने महिलाहरुको सङ्ख्यामा थप गर्न आवश्यक निर्देशन दिएको जानकारी दिनु भयो । कार्यक्रममा विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले महिलालाई स्वरोजगार बनाउन यस वर्षदेखि विविध किसिमका शिपमुलुक तालीम केन्द्रको सञ्चालन गर्न लागेको जानकारी दिनु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई,संघका अध्यक्ष अनुपम राठी, मिस नेपाल अर्थ सुमना केसी, मिस नेपाल वल्र्ड आश्माकुमारी केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । मेला बिहान १० बजेदेखि वेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*