पाँचथर घटनाबारे गृहमन्त्री : सशस्त्र द्वन्द्वको पीडा अझै जीवितै छ

वेलकम खबर
भदौ १४, २०८१

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड बिस्फोट भएर दुई नाबालकको मृत्यु भएको घटनाप्रछि गृहमन्त्री रमेश लेखकले दुःख व्यक्त गरेका छन् ।

सशस्त्र द्वन्द्वका बेला राखिएका ग्रिनेड पड्किँदा दुःख घटना भएको रिपोर्टिङ प्रहरीबाट पाएको भन्दै उनले भने, ‘कस्तो दुःखद् भयो भने भर्खर हामीले शान्ति प्रक्रियाको काम टुंग्यायौं भन्यौं, संक्रमणकालीन न्यायको काम टुंग्यायौं भन्यौं । तर, अहिले पनि सशस्त्र द्वन्द्वको पीडा अझ पनि जीवित छ ।’

उनले शान्ति सम्झौता भएको डेढ दशक वितिसक्दा पनि त्यसबेलाका विष्फोटक पदार्थले अहिलेसम्म जोखिम सिर्जना गरिरहेको भन्दै उनले यस्तो बताएका हुन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग सम्बोधन गर्दै उनले घटनास्थल नजिकै अर्को ग्रिनेड पनि फेला परेको बताए ।

‘अर्को घर पछाडि झाडीमा पनि फेला परेको र सेनाले डिस्पेज गरेको भन्ने खबर आएको छ’, उनले भने, ‘त्यो पनि सेनाले पहिचान गरिसकेको छ, अहिलेसम्म हेर्दा पुरानै हो भन्ने निष्कर्षमा प्रशासन पुगेको स्थिति छ ।’

बिहीबार साढे ३ बजेतिर स्थानीय आइतराज केरुङको घरमा विष्फोट हुँदा उनका चार जना बालबालिका घाइते भएका थिए । तीमध्ये  दुइ वर्षीया पिन्सा र ११ वर्षीया दिप्सनको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*