छेकम्पार छाडे भाईरल काले तामाङले प्रधानमन्त्रीलाई भेटन काठमाडौं आउदै

वेलकम खबर
भदौ १३, २०८१

काठमाडौ । चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्कदैछन ।
‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर आज भोजपुरका लागि हिडेका हुन उनी शुरुमा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न काठमाडौ आउने गाउँपालिका अध्यक्ष निमा लामाले वेलकमखबरलाई जानकारी दिएका छन ।
उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएर विदा गरेको थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेपछि गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने छन ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने बताए । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।
प्रकाशको घरमा पुगे षडानन्दका मेयर नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने छन । १० वर्षको उमेरमा घरबाट हिँडेका प्रकाश काठमाडौंबाट हराएका थिए । त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए । जहाँ उनले ३४ वर्षदेखि टासी लामाको गोठालोका रुपमा काम गरेर जीवन बिताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*