एमालेले भदौ १८ र १९ गते बोलायो पोलिटब्युरो बैठक
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) ले पोलिटब्युरो बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामामाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो बैठकमार्फत ०८१ को पार्टी कार्ययोजनाबारे छलफल गर्ने निर्णय गरेको बताए ।
‘कार्ययोजनालाई पोलिटब्युरोमा छलफल गराउने गरी १८ र १९ गते बैठक आह्वान भएको छ’, गौतमले भने ।प्रस्तावित कार्ययोजनामा संगठन विस्तार र सदस्यता बढाउने अभियान सञ्चालन गर्ने उल्लेख छ ।