पार्टी भित्रको मेरो हैसियत मलाई थाहा छ, ओलीपछिको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, म होइन : आरजु

वेलकम खबर
भदौ १३, २०८१

काठमाडौँ।परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा बेथितिहरू बढ्दै जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको दाबी गरेकी छिन्।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विशेष परिस्थितिका कारण दुई ठूला दलहरू एक ठाउँमा उभिएको बताइन्। साथै, उनले आफू अहिले देशको प्रधनमन्त्री हुने सम्भावना नरहेको पनि बताइन्।केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै त्यसको तयारी गर्ने बताएका थिए।

ओलीको उक्त भनाइ उद्धृत गर्दै पत्रकारहरूले ‘महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईंलक्षित हो?’ भनेर प्रश्न गरे।जवाफमा मन्त्री देउवाले भनिन्, ‘पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ। म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

उनले उक्त कुरा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका महिला नेतृत्वका लागि भनेको हुनसक्ने पनि बताइन्।‘त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन। उहाँको आफ्नै पार्टीको क्यान्डिडेट भएको जस्तो लाग्छ,’ उनले अघि भनिन्, ‘हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो।’ मन्त्री देउवाले आगामी निर्वाचनसम्मै अहिलको गठबन्धन कायम रहने पनि बताएकी छिन्। दुई ठूला दलले संविधान संशोधनको विषयलाई उठाएको जिकिर गर्दै समावेशीताका विषयमा कुनै परिवर्तन नहुने बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*