टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण, राष्ट्रपति समक्ष पठाइयो
वेलकम खबर
भदौ १२, २०८१
काठमाडौं ।सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी विधेयक० प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएक छन् ।
सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण अग्रेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।


















