मोरङले चुम्यो ताप्लेजुङ गोल्डकपको उपाधि
ताप्लेजुङ । यस बर्षको दोश्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।आज भएको फाईनल खेलमा सगरमाथा युथ क्लब मोरङले सलहेश युवा क्लब सिराहालाई १ गोलले हराएको हो । खेल शुरुवात भएको ३ मिनेटमा मोरङका मिलन लिम्बुको सहयोगमा बिजय भूजेलले गरेको गोल नै निर्णायक बन्यो ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित खेलको विजेता मोरङले नगद ५ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेकोछ ।
आजको म्यान अफद म्याच तीनजना विदेशी खेलाडी सहित मैदानमा उपाधिका लागि उत्रेको सलेस उपविजेतामा चित्त बुझाउनु परेको छ ।उपविजेता सिराहाको सहलेश युवा क्लबले उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेकोछ ।
विजेता सगरमाथा युथ कप मोरङले क्वाटर फाइनलमा बुटवल लुम्बिनी एफसीलाई हराएको थियो भने सेमीफाइनलमा आयोजक संघर्ष स्पोर्टिङ क्लबलाई पाखा लगाएर फाइनलमा प्रवेश गरेको थियो ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित खेलको परदर्सितालाई जोड दिदै आएको आयोजकले हरेकदिनको टिकट बिक्रिको बिबरण सार्वजनिक गरिरहेको छ । भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा संचालन भएको थियो ।
उपधि विजेतालाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले पुरस्कार वितरण गर्नु भएको थियो भने उप विजेतालाई प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङे्वो प्रदेशसभा सदस्य खगेनसिँ हाङगाम लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
यसरी गरेको गोल नै निर्णायक बन्यो