आज देखि सेमिफाईनल खेल हुदै,आयोजक ताप्लेजुङ र मोरङ भिड्दै

ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपमा आजदेखि सेमिफाईनल चरणका खेलहरु सुरु हुँदैछन् । आज आयोजक संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले सगरमाथा युथ क्लब मोरङको सामना गर्दैछ ।
आज २:३० बजे हुने खेलमा दुवै टोली खेल जित्दै फाईनलको यात्रा सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा रहेका छन् ।
संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले भारत सिलिगुढीको कञ्चनजंघा फुटबल क्बललाई ७–५ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो भने मोरङले रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्बललाई १–० गोलले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
आजको खेल समेत निर्धारित समय दिउँसोको ठीक साढे दुई बजेबाट नै सुरु हुने आयोकजले जनाएको छ । सेमिफाईनलका दुई ओटा खेलका लागि टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै भोलि हुने सेमिफाईनलको दोश्रो खेलमा सलहेस युवा क्लब सिरहा र बिर्तामोड युनाईटेड फुटबल क्बल, झापाबीच प्रतिष्पर्धा गर्दैछन् ।भदौ १० गते हुने प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।