आज आर्मीसँग झापा भिड्दै

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालिन भई रहेको अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको आज अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लब झापा र त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ बीच प्रतिश्पर्धा हुदैछ ।
आज दिउँसो २ ३० बजेबाट सुरु हुने आयोजकले जनाएका छ ।आर्मीको टिममा अधिकांश राष्ट्रिय खेलाडीहरू रहेका छन् । नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान भरत खवास, नेपाली टिमको सदस्य नवयुग श्रेष्ठ, आशिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडीहरूले ताप्लेजुङको मैदानमा उत्रिँदैछन् ।
यता झापासँग पनि बिभिन्न खेलमा अनुभव संगाल्नुका साथै बिभिन्न लिग खेलेका अनुभवी खेलाडी भएकाले आजको खेल जित्दै सेमिफाइनल प्रवेशको गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा रहेको बुझिएको छ ।
आज हुने खेलको विजेताले दोश्रो सेमिफाइनल खेलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गर्ने छ
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुँदै छ ।