आज रुपन्देहीसँग मोरङ भिड्ने

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपमा आज २ बजे हुने खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र मोरङको सगरमाथा युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।
आज हुने क्वाटरफाईनल अन्तर्गतको तेश्रो खेलमा रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र मोरङको सगरमाथा युथ क्लबबीच आमनेसामने हुदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित प्रतियागितामा आज रुपन्देही र मोरङ भिड्ने भएका हुन् । आज दुवैटीम तर्फ ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी भएकाले दुबैले जित निकाल्दै सेमिफाईनलमा प्रबेश गर्ने दाबी गरेका छन् । आजको खेलको बिजेताले सेमिफाईलनमा ताप्लेजुङसँगको भेट पक्का गर्ने छन् ।
सोमबार भएको पहिलो खेलबाट ताप्लेजुङले सिलिगुढी भारतको टीम कञ्चजनजंघा फुटबल क्लबलाई ७–५ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ । यस्तै हिजो सम्पन्न दोश्रो खेलबाट पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेस युवा क्लब सिरहाले सेमिफाईनलमा आफ्नो सिट सुरक्षित गरेको छ ।
यस्तै भोलि हुने क्वाटरफाईनलको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाईटेड फुटबल क्लब झापा भिड्दै छन् । यो खेल समेत निकै नै रोचक हुने दर्शहरुले अनुमान गरेका छन् । यी दुई टीमबीचेको बिजेताले सेमिफाईनलमा सिरहासँगको भेट पक्का गर्नेछ । दोश्रो सेमिफाईनल खेल भदौ ८ गते हुँदैछ ।
भदौ १० गते फाईलन हुने प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेतालो २ लाख ५० हजार ५ सय ५५ रुपैँया सहितट ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई नदग ५ हजार रुपैयाँसँगै ट्रफी, मेडल प्रदान गरिएको छ । आयोजकले प्रतियोगिताको बिभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद साथै ट्रफीको ब्यबस्था गरेको छ ।