रास्वपाले निर्वाचन आयोगलाई गरायो मुकुल ढकाललाई पदमुक्त गरेको जानकारी

वेलकम खबर
साउन १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनको कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले बिहीबार आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था भए बमोजिम रास्वपाले एक महिना पुग्नु अगावै विवरण हेरफेरको जानकारी आयोगलाई विधिवत रूपमा बुझाएको छ ।

रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रूपमा सहप्रवक्ता एवं सांसद मनिष झालाई दिएको छ । यता ढकालले भने आफूलाई पदमुक्त गर्ने पार्टीको निर्णय अवैधानिक दाबी गर्दै उक्त विवरण अद्यावधिक नगर्न यसअघि नै आयोगलाई निवेदन दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*