पाथीभरा याङवरकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वेलकम खबर
फाल्गुन ३०, २०८०

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।
पालिकाको केन्द्र थेचम्बू स्थित पाथीभरा ब्याडमिन्टन हलमा गत २७ गतेवाट जारी प्रतियोगितामा विभिन्न विधालमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत ,मिक्स डबल तर्फको विधामा फुङ्लिङ नगरपालिकाका प्रेम मावो र भावना देवी केदेमले उपाधि जितेका छन् ।
उनी रुले पाथीभरा याङवरकका लासाङ तामाङ र शिव कुमार काम्वाङको टिमलाई हराएका हन् ।
उक्त विधामा विजेता तथा उपविजेताले क्रमस ट्रफि मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार र १० हजार प्राप्त गरेकाछन् ।
मेन्स डवल ४५ बर्ष माथिको विधामा गणेश बहादुर राई र दिपक आङ्देम्वे पाँचथरको टोलिले जित हासिल गरेको छ । ताप्लेजुङका सन्तोष चोङवाङ र गजेन्द्र थलङको टिमलाई फाईनल खेलमा पराजित गर्दै उनिहरुले उपाधि कब्जा गरेका हुन् । उक्त खेलका विजेता र उपविजेताले क्रमसः ट्रफि मेडल र प्रमाणसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।

मेन्स डवल स्थानीय तह तर्फको उपाधि अजय ईजम र लक्ष्य लिम्बूको पोल्टामा परेको छ । फाईनलमा रितेश वि। क र दिप्शन लिम्बूको टिमलाई पराजित गरेका उनीहरुले ट्रफि मेडल र प्रमाणसहित नगद ५ हजार प्राप्त गरकाछन् । उपविजेता टोलीले ट्र«फि मेडल र प्रमाणपत्रसहित नगद रु ३ हजार रुपैयामा चित्त बुझायो ।

मेन्स डवल जुनीयर बी तर्फको खेलमा भने फुङ्लिङका सोजित श्रेष्ठ र किशोर राईको टिमले मेरिङ्देन गाउँपालिकाका विकास तामाङ र देउ प्रसाद लिम्बुको टिम विरुद्ध जित निकाल्यो ।
जितसँगै उक्त टोलिले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार पाउँदा दोसा्रो हुने टिमले ट्रफि ,मेडल र प्रमाणपत्रसहित नगद रु १० हजार प्राप्त गरेको छ ।
आजै सम्पन्न सरकारी कर्मचारी डबल तर्फको विधामा पाथीभरा याङवरक गाउँपालिकाका शिव कुमार काम्वाङ र केशव पौड्यालको टिमले मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको टिमलाई हराउदै च्यान्पियन बनेको छ ।
उक्त विधाको प्रतिस्पर्धामा प्रथम र दोस्रोले क्रमश ट्र«फि मेडल र प्रमाणपत्रसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।
मेन्स डबल सिनियर तर्फको उपाधि भने तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दंवाको जोडीले हात पारेको छ । पाचथरका दिपक आङ्देम्वे र दिवस संखरको जोडीलाई हराउदै उपाधि जितेको हो । उक्त विधा तर्फ प्रथम र दोस्रो हुनेले क्रमस ट्र«फि मेडल र प्रमाणपत्रसहित नगद रु ३० हजार र २० हजार प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिका प्रमुख केशर कुमार मेन्याङ्वो , उपाध्यक्ष रनमाँया गुरुङ,प्रमुख प्रसासकिय अधिकृत अभिषेक घिमिरे ,जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघक लगायतको उपस्थिती रहेको थिाये ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*