दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकालाई

मदन गौतम
फाल्गुन २८, २०८०

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरीय महिला फुटबल दोश्रो उपमेयर रनिङ कपको उपाधिका मेरिङदेन गाउँपालिकाले हात पारेकोछ ।

आयोजक फुङलिङ नगरपालिकालाई २ –१ को गोलअन्तरले स्तबध पादै मेरिङदेनले उपाधि उचालेको हो । आयोजक फुङलिङका खेलाडीले मेरिङदेनका खेलाडीलाई आफनै डिबक्स भित्र पल्ड गरे पछि पेनल्टीमा मेरिङदेनकी खेलाडी पाल्मुशेपाले गोल गदै अग्रता दिलाएकी हुन । मेरिङदेनका खेलाडीले आफनै डिबक्स भित्र हेन्ड गरे पछि पेनल्डीबाट पवित्रा लिम्बुले गोल गरे पछि फुङलिङ खेलमा फकिएको हो । खेलको दोस्रो हापको अन्तय तिर मिङमा शेपाले गोल गदै मेरिङदेनलाई अग्रता दिए सगै उपाधि जितेको हो ।

गत फागुन २५ गते देखि १ सय १४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो । मेरिङदन दोश्रो सेमिफाइनलमा आठराई त्रिवेणीलाई ट्राई बेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको टिम हो भने आयोजक पहिलो सेमिफाइनल खेलबाट पाथीभरा याङवरकलाई ९–० को फराकिलो गोल अन्तरले फाईनल खेलमा भेट भएको थियो । जनप्रतिनिधि र र्कमचारी बिच सो म्याचमा कर्मचारीले ३–० गोल अन्तरले विजय भएको हो । कार्यक्रमको समापन तथा पुरस्कार वितरण कोसी प्रदेशका सांसद खगेन सिं हाङगाम प्रमुख अतिथ्यतामा सम्पन्न भएको फुङलिङ नगरपालिकाका सामाजिक विकास संयोजक तथा खेलसंयोजक छितिज सुनुवार बताउनुभयो ।

कार्यक्रमको समापन सहित पुरस्कार वितरणमा नगरप्रमुख अमिर मादेन मेरिङदेन गाउपालिका अध्यक्ष युखहाङविर हाङगाम , नगरउपप्रमुख भिमा ओझा कार्यालय प्रमुख , सुरक्षा निकायका प्रमुख वडा अध्यक्ष कार्यालयका कर्मचारी लगायतको उपस्थिती रहेको सामाजिक बिकास संयोजक सुनुवारले बताउनुभयो । ताप्लेजुङका ९ स्थानीय तह मैवाखोला र मिक्वाखोला बाहेक ७ वटा पालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको मेरिङदेनले विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र र उपविजेताले ५५ हजार ५ सय रुपैँया ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सात्वना पाथीभरा याङवरक र आठराई त्रिवेणीलाई समान ९ हजार रुपैया प्रदान गरिएकोछ । आठराई त्रिवेणी गाउपालिका अन्तर पालिका स्तरीय महिला फुटबल प्रथम उपमेयर रनिङ कपको उपाधि विजेता हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*