एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त
वेलकम खबर
फाल्गुन २२, २०८०
काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । आज (मंगलबार) पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई नियुक्त गरिएको हो । यस्तै, सचेतकमा सुनिता बराललाई नियुक्त गरिएको छ ।



















