केपी ओली कप सुरू

वेलकम खबर
फाल्गुन ११, २०८०

काठमाडौं । केपी ओली कपको दोस्रो संस्करण शुक्रबारबाट सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी छन् ।

राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटनमा प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बालेकी थिइन् भने ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो । सो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*