अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा

वेलकम खबर
माघ १२, २०८०

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगनिस्तानलाई हराउँदै नेपाल सुपर सिक्स मा प्रवेश गरेको छ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि कप्तान देव खनालले अर्धसतकीय पारी खेले । उनले ८९ बलमा ५८ रन बनाए । यस्तै दिपक बोहोराले २७ तथा आकाश त्रिपाठीले १६ रन बनाए । अफगानिस्तानका फरिदुन दाऊदजाइले ३ तथा खलिल अहमद र नासिर खानले २/२ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०।१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल बनाएको थियो ।

अफगानिस्तानका लागि मोहम्मद अल्लाह घजान्फरले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान नसिर खानले ३१ तथा फरिदुन दाउदजाईले २९ रन बनाए ।

नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले २ तथा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १/१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*