प्रथम बन्यो सरस्वती माबि हाङपाङ

वेलकम खबर
पुस २७, २०८०

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले आयोजना गरेका अन्तर मा बि स्तरीय २०८० को राष्ट्रपति रनिङ शिल्डमा सरस्वती नमुना मा बि हाङपाङ प्रथम भएको छ
आज आठराई त्रिवेणी २ फुलवारीमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि प्रथम भएको हो ।त्यसै गरी दोश्रो स्थानमा चाँगे मा बि चाँगे हासिल गरेको छ भने तेस्रो स्थानमा दुर्गा मा बि फूलबारीले चित्त बुझाउनु परेको छ ।


आठराई त्रिवेणीका ७ माध्यमिक विद्यालयले विभिन्न १८ विद्यामा सहभागिता जनाएका थिए । प्रथम द्वितीय तथा तृतीय हुनेलाई पालिका अध्यक्ष दिपेन पोमु उपाध्यक्ष शान्ता आङबुहाङ,प्रमुख प्रशासकीय अधिकृत भक्त भट्टराई वडा अध्यक्ष लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
बिजेताहरूलाई पुरस्कार वितरण गदै अध्यक्ष पोमुले आठराई त्रिवेणीमा आँउदो महिना जिल्ला भरीको अन्तर्पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हुदाँ प्रतियोगिता सफल गराउनका लागि जनप्रतिनिधीहरु , कर्मचारीहरु, प्रधानाध्यापकहरु शिक्षकहरु विद्यार्थीहरू जुटन आग्रह समेत गर्नुभयो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*