मोरङ ट्राईबेकरमा यसरी चुक्दा सुनसरीले यसरी उचाल्यो कञ्चनजंघा सेसेलुङ गोल्ड कपको उपाधि ( भिडियो सहित)  

वेलकम खबर
पुस १२, २०८०

ताप्लेजुङ । कञ्चनजंघा सेसेलुङ गोल्ड कपको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबको जितेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा चासोक तङ्नामको अवसरमा खेलाईएको खेलको बुधवार भएको फाईनलमा मोरङको सगरमाथा युथ क्लब मोरङलाई ४–३ गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरीले उपाधी हात पारेको हो ।
निर्धारित समयमा चक्रघट्टी सुनसरीका सञ्जय प्रधान र मोरङका शुशिल राईले एक एक गोल गरेपछि खेल बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।


सगरमाथा युथका सुशील राई म्यान अफ दि म्याच घोषित हुनुभयो। यस्तै उत्कृष्ट गोलरक्षक चक्रघट्टीका असिव राई, हाइस्कोरर आकाश राई र सर्वश्रेष्ठ खेलाडी सोही टोलीका सञ्जय प्रधान हुनुभयो। उहाँहरु सबै विधाका खेलाडीलाई जनही पाँच हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेले जानरकारी दिनुभयो।

चक्रघट्टी फुटबल क्लबले उपाधीसँगै ३ लाख २ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता भएको सगरमाथा युथ क्लबले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्रमा चिक्त बुझाएको छ ।गोल्डकपको उपाधि विजेता तथा उपविजेतालाई पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतिनिधिसभा सदस्य उर्मिला थेबे लिम्बू, प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू र सञ्चालन समिति संयोजक थेबेले संयुक्तरुपमा वितरण गर्नभएको थियो।

गोल्डकप प्रतियोगिता भने चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुटबल क्लब र ङा वोरक सङजुम्भो फुङ्लेङले संयुक्त आयोजना गरेको हुन्। प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*