ताप्लेजुङलाई हराउदै अन्तरजिल्ला क्लबस्तरीय भलिबल उपाधि झापाले चुम्यो
ताप्लेजुङ । ताप्लेजुङको दोभानमा पुसे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजना भएको अन्तर जिल्ला क्लब स्तरीय पुरुष भलिबलमा पाथीभरा टाईगर भलिबल क्लब झापाले सोझो सेटमा जित निकालेकोछ ।
आज भएको फाईनल खेलमा झापाले २५–१४, २५–१९ र २५–१९ अन्तरले मुकेश मेमोरियल क्लब ताप्लेजुङलाई हराएको हो । मुस्कान खुदाङ पाथिभरा टाईगर भलिबल क्लब झापाका कप्तान हुन भने उनका सहोदर भाई मिलन खुदाङ मुकेश मेमोरियल क्लब ताप्लेजुङका कप्तान हुन । खेलको म्यान अफ द म्याच रविन गौतम भए नगद २ हजार प्राप्त गरेका छन । प्रतियोगितमाको बिजेता पाथिभरा टाईगर भलिबल क्लब झापाल ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेता टिम मुकेश मेमोरियल क्लब ताप्लेजुङ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित बुझाएकोछ ।
प्रतियोगितामा भारतको एक सहित कुल ८ टिमको सहाभागिता रहेको थियो । प्रतियोगितामा सेमिफाईलन प्रवेश गर्ने टिम भोजपुर भलिबल क्लब र सभापोखरी भलिबल क्लबलाई सान्त्वना नगद ५० हजार साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष हेम बहादुर चङवाङले बताउनु भयो ।



















